Logo

सामाजिक सद्भावमा खलल पुग्ने सामाग्री सम्प्रेषण गरे कारबाही गर्ने साइबर व्यूरोको चेतावनी



काठमाडौं, १७ असोज । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जाल र अनलाईन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने सामाग्री सम्प्रेसन नगर्न अनुरोध गरेको छ ।

साइबर व्यूरोले प्रचलित कानुनले रोक लगाएका सामाग्रीहरू प्रकाशन वा प्रदर्शन गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने पनि बताएको छ ।

राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषय वस्तु एवं व्यक्तिको प्रतिष्ठा, आत्म सम्मानमा ठेस पुऱ्याउने र जातीय भेदभाव, छुवाछुत, श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने सामाग्री समेत प्रकाशन प्रशारण नगर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्