Logo

माओवादीसँगको एकताबारे बाबुराम मौन, नेकपा महाधिवेशन आगामी वैशाखमा



काठमाडौं, १८ असोज । नेपाल समाजवादी पार्टीको महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । हिजो (बुधबार) सम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले ०८१ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा (माओवादी केन्द्र) सँग हुने भनिएको पार्टी एकताका बारेमा बैठक मौन रहेको छ । एकता चाँडैनै टुंगिने अनुमान गरेपनि नेसपा अध्यक्ष बाबुराम भट्टराईले अहिले चासो नदेखाएको बुझिएको छ ।

स्रोतका अनुसार यस अघि एकताका लागि पठाइएको नौ बुँदे आधार प्रस्तावमाथि माओवादीले जवाफ नदिएसम्म वार्तामा नबस्ने बैठकले निर्णय गरेको छ । यसअघि २०७९ चैत्रमा नेसपाले पार्टी एकताका लागि नौ बुँदे आधार प्रस्ताव पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot