Logo

दिनभरका लागि हटाइयो नेपालगन्जको निषेधाज्ञा



काठमाडौं, १८ असोज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञा दिनभरका लागि हटाइएको छ । मंगलबारदेखि जारी अनिश्चितकालीन निषेधाज्ञा आज विहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए ।

सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुश्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनाबग्रस्त बनेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्