Logo

सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै बढेन, अन्य सबै चिजको मूल्य बढेको छः प्रदीप पौडेल



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने भनेपनि आर्थिक वर्ष सुरु भएका यता १४ प्रतिशतभन्दा बढि मूल्यवृद्धि भएको उनले बताए ।

‘उपभोक्तहरुलाई अत्याधिक मार पर्ने गरी बजारमा मूल्यवृद्धि भएको अवस्था छ । १९ सयमा पाइने चामलको मूल्य यतिबेला तीन हजार रुपैयाँ पर्छ । दाल, चिनी लगायत तरकारीको मूल्य आकाशिएको छ ।’ उनले भने, ‘सरकारले सात प्रतिशत मूल्यवृद्धिमा सीमित राख्ने घोषणा गरेपनि आर्थिक वर्ष सुरु भएदेखि यता १४ प्रतिशतभन्दा बढि मूल्यवृद्धि भएको अवस्था छ । कतिपय बस्तु्मा ४५ प्रतिशत सम्म मूल्यवृद्धि भएको अवस्था छ । सबै चिजको मूल्यवृद्धि भएको छ, सरकारप्रतिको भरोसा र लोकप्रियतामात्रै नबढेको स्थिति हो ।’

उनले सरकारलाई जनताको मुद्दामा गम्भीर हुन आग्रह गरे । सरकारले मूल्यवृद्धि नियन्त्रण, कालो बजारीलाई कारबाही र कृतिम अभाव हुन नदिने स्थिति निर्माण गर्न आफ्नो उपस्थिति देखाउन आवश्यक रहेको उनले बताए ।

‘म सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी होईन्, साच्चै मूल्यवृद्धि नियन्त्रण गर्नेगरी, कालो बजारीलाई कारबाही गर्ने गरी र कृतिम अभाव हुन नदिने स्थिति निर्माण गर्ने गरी सरकारले आफ्नो उपस्थिति देखाओस्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot