Logo

चालचलन राम्रो भएका कैदीबन्दीलाई कारागार बाहिरै बस्न दिने तयारी



काठमाडौं, १८ असोज । सरकारले चालचलन राम्रो भएका कैदी बन्दीहरुलाई कारागार बाहिर बस्न दिने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।

एक वर्षभन्दा बढि सजाय पाएर कैद सजायको दुई तिहाइभन्दा बढि कैद अवधि भुक्तान गरिसके राम्रो चाल चलान भएलाई प्यारोलमा राख्न सकिने व्यवस्था कार्यान्वयनमा आउन लागेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ४९ मा रहेको प्यारोलसम्बन्धी व्यवस्थालाई सरकारले आगामी कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको छ ।

यस विषयमा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले आवाज उठाउँदै आएका थिए । अन्ततः सरकारले प्यारोल कार्यान्वयनमा ल्याउने भएको हो ।

६० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदीबन्दीलाई थुनामा राखिराख्नुको औचित्य छैनः राजनीतिक विश्लेषक रायमाझी



प्रतिक्रिया दिनुहोस्

Screenshot