Logo

सरकार अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अगाडि बढिरहेको छः मन्त्री किराती



काठमाडौं, १९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारले राजनीतिक वाचामा अविचलित रही चुनौतिको सामना गरिरहेको बताएका छन् । आज सुदन किराती ई–हुलाक सेवा मार्फत नागरिकहरुलाई सम्बोधन गर्दै उनले चुनौतिका बाबजुद पनि सरकार सञ्चालनको आठौं महिनाको दौरानमा साना तर महत्वपूर्ण सुधारका कामहरु गरेको बताएका छन् ।

सरकारले अहिले मध्यम स्तरको सुधारमा जोड गरिरहेको उनको भनाइ छ । सरकारको दिनरातको मेहनत र जनताको अपार साथ आफूहरु सफल हुने पनि उनले विश्वास व्यक्त गरेका छन् ।

देश, विदेशबाट सुझाव दिने, निर्वाचनमा मत दिएर विजयी गराउने, शुभचिन्तकहरुलाई स्मरण गर्दै उनले टेलिफोनमा कुराकानी गर्ने वातावरण मिलाउन नसक्दा दुखी रहेको बताएका छन् । मानिस बाँचेको जीवन परिस्थितिले निर्धारण गर्ने बताउँदै उनले सरकारलाई अहिले तुलनात्मक रुपमा अस्तव्यस्तताको बीचबाटै भएपनि अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

‘वास्तवमा मानिसको जीवन ऊ बाचेको परिस्थितिले तीन किसिमले निर्धारण गर्दो रहेछ– व्यस्त, मस्त र अस्तव्यस्त । स्वभाविक रूपमा समग्र परिस्थितिले लयबद् रूपमा व्यस्त हुन पाएको छैन । हामीलाई मस्त हुने सुविधा त विलकुल छैन । तुलनात्मक रूपमा हामी अस्तव्यस्तताका बिचबाट अघि बढनुपर्ने स्थितिमा छौ,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अव्यवस्थित गोरेटोबाट व्यवस्थित मूल बाटोतिर अगाडि बढिरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot