Logo

प्रचण्डको घडी र उहाँकी छोरीले बोक्ने गुच्ची व्याग लिलामीमा राखेर शिक्षामा लगानी गरौंः सांसद शर्मा



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने महँगो घडी र गंगा दाहालले बोक्ने गुच्ची व्याग लिलामीमा राखेर भएपनि गरिबका छोराछोरीलाई शिक्षा दिनुपर्ने बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले दूर दराजका स्कूलका टिनको छानो प्वाल परेको र गरिबका छोराछोरीले पढ्न नपाएको बताए ।

‘प्रचण्डजीले लगाउने दुई करोड या ६५ लाखको घडी र उहाँकी छोरीले बोक्ने गुच्छी व्यागलाई लिलामीमा राखेर नेपालको दूरदराजको स्कूलमा अहिले टिनका छानाहरु प्वाल परेका छन्, बच्चाहरु पढ्न पाएका छैनन्,’– उनले भने ।

जनयुद्ध हाँकेर आएका प्रचण्ड र उनको परिवारको सम्पत्तिलाई उद्धारतापूर्वक छाती ठूलो पारेर विक्रीमा राखिदिन र उक्त सम्पत्ति लगेर दूरदराजको स्कुलमा हालिदिन उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot