Logo

शेरबहादुर दाई बूढो हुनुभयो, उहाँलाई पार्टीभित्रकै आपराधिक गिरोहले चलाएको छः शुनिल शर्मा



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आपराधिक गिरोहबाट सञ्चालित भएको अरोप लगाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीभित्र रहेको आपराधिक गिरोहका कारण कांग्रेस अधो गतिमा लागेको बताए । उक्त गिरोहले पार्टीभित्रका युवा नेताहरुलाई काम गर्न नदिएको उनले आरोप लगाए ।

‘अहिलेको नेपाली कांग्रेसमा शेरबहादुर दाई बूढो हुनुभयो । उहाँसँग भएको एउटा गिरोह छ– जो गिरोहले शेरबहादुर दाईलाई मेनिपुलेट गरिरहेको छ, त्यो गिरोह चाहिँ अपराधिक प्रवृत्तिको छ । नेपालगञ्जको मात्रै होईन, त्यसले पार्टीभित्र पनि हामीमाथि निर्वाध राजनीतिक रुपमा सेप्रोटेज गरेको अवस्था छ । त्यहाँभित्र रहेको हाम्रा योङ्ग लिडरहरुलाई काम गर्न नदिइरहेको अवस्था छ,’– उनले भने ।

उक्त गिरोहीपनको विरुद्ध आफूहरु सशक्त ढंगले लडिरहने उनले बताए । उक्त गिरोहले कांग्रेसलाई सिङ्गल चुनाव लड्न नसक्ने अवस्थामा पुर्याएको उनको आरोप छ । कांग्रेसलाई उक्त गिरोहले माओवादी अथवा एसको वैशाखी टेकेरमात्रै चुनाव लड्न पर्ने अवस्थामा पुर्याएको उनको टिप्पणी गरे ।

उक्त गिरोहकै डिजाइनमा बालकृष्ण खाणलाई पक्राइएको र आफूलाई पनि उक्त गिरोहले पक्राउ गर्न लगाएको उनल दाबी छ ।



प्रतिक्रिया दिनुहोस्