Logo

शुनिल शर्माको अरोप:‘प्रधानमन्त्री र गृहमन्त्रीको नियत कांग्रेसलाई बदनाम गराउने छ’



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शनिल शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सकारले कांग्रेसलाई फसाउने र बदनाम गराउने काम गरिरहेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियत कांग्रेसलाई अप्ठ्यारोमा पारेर समर्थन लिइराख्ने भएको बताएका हुन् ।

‘अहिलेको सरकार, प्रचण्डजीले नेतृत्व गरेको सरकार र उहाँको गृहमन्त्रीलाई के छ भने कसरी कांग्रेसलाई फसाउने, कसरी कांग्रेसलाई बदनाम गर्ने र कसरी कांग्रेसको समर्थन लिइराख्ने भन्ने छ । अप्ठ्यारोमा पारेर हुन्छ कि सजिलोमा पारेर हुन्छ भन्ने कोशिसमा हुनुहुन्छ,’– उनले भने ।

साथै, उनले रिगल भनिने योगराज ढकालको आममाफीको निर्णय गलत रहेको बताए । सरकार गैर जिम्मेवार बनेर उक्त निर्णय गरेको उनको आरोप छ । निर्णय सही थियो भन्ने सरकारलाई लागेको खण्डमा रोस्टममा आएर आफूहरुलाई बुझाउन उनले चुनौति दिए ।

‘सरकारले गरेको निर्णय गलत छ । कुनै पनि जघन्य अपराधमा संलग्न मान्छेहरुलाई माफी दिने भन्ने हुँदैन । त्यो निर्णय गलत छ, यदि गलत छैन भन्ने लाग्छ भने सरकारले रोस्टममा आएर हामीलाई बुझाउन पर्छ । उहाँहरु गैरजिम्मेवार भएर यस्तो भएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot