Logo

शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो, आगामी बैठकमा मन्त्री राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने



काठमाडौं, १९ असोज । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ ।

उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने बताइएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज २१ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्