Logo

कांग्रेसको सिङ्गो पंक्तिले शेखरको जस्तै धारणा बनाए देशले निकास पाउँथ्योः महेश बस्नेत



काठमाडौं, २० असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले डा. शेखर कोइरालाको जस्तो धारण नेपाली कांग्रेसको सिंगो पंतिले बनाए देशले निकास पाउने बताएका छन् ।

आज (शनिबार) शेखरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिने भए पार्टीले सरकार छोड्नुपर्ने बताएका थिए । प्रधानमन्त्रीले जातीय राज्य दिन्छु भनेर समाजमा द्वन्द्वको परिस्थिति सिर्जना गराएको भन्दै आलोचना गरेका थिए ।

शेखरको अभिव्यक्तिमाथि प्रतिक्रिया जनाउँदै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देश कुनै पनि तरिकाले ठीक ढंगले नचलेको, अराजकतातिर गइरहेको ,सरकार पनि राम्रोसँग नचलेको र सच्चिन जरुरी रहेको सच्चिन नसक्ने भए प्रचण्डले सरकार छोड्नु पर्ने बताउनु भएको छ । कांग्रेसको सिङ्गो पंक्तिले नै यो धारणा बनाए देशले निकास पाउँथ्यो ।’



प्रतिक्रिया दिनुहोस्