Logo

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छः मन्त्री महत



काठमाडौं, २० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताएका हुन् ।

सो अवसरमा मन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन समेत गरे । साथै सो क्षेत्रको पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गरे ।

देवघाट विश्वभरका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस्