Logo

सोफा हब काठमाडौंको दशैँ अफरः सोफा किन्दा स्कुटर उपहार !



काठमाडौं, २० असोज । काठमाडौं र चितवनमा सञ्चालित सोफा हबले दशैँ अफर सार्वजनिक गरेको छ । ‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ अगाडि बढेको सोफा हबले हिन्दू नेपालीरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरी अफर सार्वजनिक गरेको हो ।

सोफा हबका प्रबन्ध निर्देशक एवम् युवा व्यवसायी तारालाल (हरि) धरेलले दशैँका ग्राहकलाई लक्षित गरेर चितवन र काठमाडौंको सोफा हबबाट सोफा किन्नेलाई विभिन्न उपहार योजना सार्वजनिक गरेको बताए ।

उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत उपहार रहेका छन् । सञ्चालक धरेलले सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिने र उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकले उपहार जित्ने उनले बताए ।

सोफा हबको काठमाडौँको सामाखुशी रेडनस्थित कोइराला मार्ट, गोठाटार हाईट र चितवनको लङ्कुमा आउटलेट रहेको छ । सञ्चालक धरेलले विगत ७ वर्षदेखि सञ्चालित सोबा हव अधिकाशं ग्राहकको रोजाईको केन्द्र बनेको बताए ।

कम्पनीले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरि ग्राहकको मागलाई मध्यनजर गर्दै कोइराला मार्ट, गोठाटार हाइट र चितवनको लंकुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको धरेलले बताए ।

५ देखि १० वर्षसम्म वारेन्टी समेत दिएको उक्त सोबा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीको व्यवस्था रहेको बताइएको छ ।

घरायसी तथा कार्यालय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

१५० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार दिएको सो सेफाहबबाट सोफा खरीद गर्न काठमाडौंमा ९८५११५२५८९ चितवनमा ९८४५७२८१५६ र सोफा हब काठमाडौं एट जिमेल डटकममा सम्पर्क गरेर सोफा अर्डर गर्न सकिने धरेलले बताए । यस्तै, सो हबको फेसबुक पेज र टिकटकमार्फत पनि सोफा अर्डर गर्न सकिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्