Logo

गठबन्धनभन्दा बाहिर गएर माओवादीले विश्वासको मत दिँदैनः ईन्द्र आङबो



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धनभन्दा बाहिर गएर विश्वासको मत दिन नसकिने बताएका छन् ।

कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको उनको भनाई छ । गठबन्धन दलको तर्फबाट मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भइसकेको र दलहरुले पनि केही समयमा आधिकारिक धारणा सार्वजनि गर्ने बताए ।

‘गठबन्धन दलले विश्वासको मत नदिने निर्णय गरिसकेको छ । हाम्रो तर्फबाट विश्वासको मत नदिने निर्णय भएको छ,’– उनले भने ।

‘एमाले र माओवादी मिलेर सरकार जोगाउने सम्भावना के छ ? भन्ने प्रश्नमा उनले भने, ‘हल्लामात्रै हो । गठबन्धनभन्दा बाहिर माओवादी जाँदैन ।’



प्रतिक्रिया दिनुहोस्