Logo

मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा हिक्मतकुमार कार्की



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठक सुरु हुनुअघि बसेको एमाले संसदीय दलको बैठकले पदबाट राजीनामा दिने निर्णय गरेको हो ।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले राजीनामा दिने निर्णय भएको पुष्टि गरे । विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री कार्की राजीनामा दिने पक्षमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्