Logo

मलाई मुख्यमन्त्री पदको आशक्ति छैनः हिक्मत कार्की



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफूलाई पदको आशक्ति नरहेको बताएका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफू दुई/दुई पटक सर्वोच्च अदालत गएको पदका लागि नभएको बताए ।

एमाले संविधानको सर्वोच्चताको पक्षमा रहेको बताउँदै संविधान विपरीतको कामका विरुद्ध आफूहरु अदालत गएको उनले बताए ।

‘मलाई मुख्यमन्त्री पदको आशक्ति छैन । दु्ई पटक न्यायलय पुगेको मुख्यमन्त्री पदका निम्ति पनि होईन । नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा उभिँन्छ । संविधान र कानुन विपरीत भयो । निकास ननिस्किएपछि हामी सर्वोच्च पुग्यौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्