Logo

हिक्मत कार्कीले दिए मुख्यमन्त्री पदबाट राजीनामा



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा घोषणा गरेका छन् । आज (शनिबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत लिने समय अगावै प्रदेश प्रमुख समक्ष राजीनामा दिने बताएका हुन् ।

उनले कोशी प्रदेश सकारको स्थायित्वका लागि एमाले सहमति, सहकार्य र संवादका लागि तयार रहेको पनि बताए । प्रदेश सभा बैठक सुरु हुनुअघि बसेको एमाले प्रदेश संसदीय दलको बैठकले राजीनामाको निर्णय गरेको थियो । प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि कार्की राजीनामा गर्ने निर्णयमा पु्गेका हुन् ।

मुख्यमन्त्री कार्कीले आफूलाई पदको आशक्ति नरहेको पनि बताए । यसअघि संविधान मिचिएकाले मात्रै अदालत गएर त्यसलाई सच्याउने काम गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot