Logo

मध्यावधि रोक्न एमाले दुई हात उठाएर सहयोग गर्न तयार छः मुख्यमन्त्री कार्की



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मध्यावधि रोक्न एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । आज (शनिबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले जनताले मध्यावधि नचाहेको बताउँदै उनले एमाले मध्यावधि रोक्न सहयोग गर्न तयार रहेको बताएका हुन् ।

‘प्रदेश सभाको निर्वाचन जनताले अहिले माग गरेका छैनन् । मुलुकको आर्थिक अवस्थाले पनि त्यो संकेत गरेको छैन । नेकपा (एमाले) ले के कस्तो त्याग गर्दा सहमति, सहकार्यको अवस्था सिर्जना हुन्छ ? के गर्दा तत्काल मध्यावधि रोकिन्छ, त्यस कुरामा नेकपा (एमाले) दुई हात उठाएर सहयोग गर्न तयार छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्