Logo

कोशीका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङसमक्ष बुझाए राजीनामा



काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।

कार्की गत भदौ २२ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाबाट विश्वासको मत लिने आज कार्यसूची रहेको थियो । विश्वासको मतका लागि वातावरण नबनेपछि कार्कीले प्रदेश सभामै राजीनामा घोषणा गरेका थिए ।

कार्कीले राजीनामा बुझाएसँगै कोशीमा संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्