Logo

एमालेसँग सहकार्य सम्भव छः वर्षमान पुन



काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एमालेसँग सहकार्य हुनसक्ने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग फेरि एकता वा कुनै प्रकारका सहकार्य हुनसक्ने बताएका हुन् ।

फेरि मिल्न सकिने र एकता हुनसक्ने बताउँदै माओवादी जनयुद्ध र जन आन्दोलनको अवमूल्यन हुने गरी नबोल्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे ।

पुनले माओवादी र एमालेबीचको राजनीतिक एजेण्डा एउटै भएकाले मिल्न र सहकार्य हुनसक्ने सम्भावना रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot