Logo

जसपाको मजदुर विशेष जिल्ला समिति पुनर्गठन



काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मजदुर विशेष जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाडौंको ढल्कोमा सम्पन्न भेलाले गोविन्द तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा तिलक थापा मगर, सचिवमा सुमिना गुरुङ र कोषाध्यक्ष माया मोक्तान चयन भएका छन् ।
जसपामा नेवाः समिति मातहत रहने गरी काठमाण्डौ उपत्यकामा कार्यरत मजदुरहरु आवद्ध हुन सक्ने गरी मजदुर विशेष जिल्ला समिति बनाइएको छ । जसपाले मजदुरको संगठनलाई विशेष जिल्लाको मान्यता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्