Logo

अहिलेको व्यवस्थाले नागरिकलाई भन्दा विचौलिया र दलाललाई संरक्षण गर्योः झलनाथ खनाल



काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादमा जानका लागि विचार मिल्ने कम्युनिष्टहरु एक हुनपर्ने बताएका छन् ।

पार्टीको मेची महाकाली जागरण अभियान तथा संगठन विस्तारमा रहेका खनालले आज (आईतबार) रुपन्देहीको भैरहवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कम्युनिष्टहरुको ध्रुवीकरणको आवश्यकता औंल्याएका हुन् ।

पुँजीवादी शासन व्यवस्थाका कारण मुलुक समृद्धिको दिशामा जान नसकेको उनको भनाई छ । रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको उनले बताए । पार्टीको यो अभियानले देशलाई समाजवादतर्फ जान मद्धत गर्ने उनले बताए ।

साथै, अहिलेको व्यवस्थाले नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादलाई संरक्षण गरेको उनको आरोप छ । व्यवस्था फेरिएपनि नागरिकको अवस्था र जीवनस्तरमा कुनै फरक नपरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot