Logo

निजी विद्यालय गुठीमा मात्रै दर्ता हुने, स्थानीय तहको स्वीकृति अनिवार्य



काठमाडौं, २१ असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले संसद्मा पेश भएको विद्याल शिक्षा विधेयकले आगामी दिनमा निजी विद्यालय सञ्चालनका लागि स्थानीय तहबाट स्वीकृति लिनुपर्ने प्रावधानको व्यवस्था गरेको बताएका छन् ।

आज (आईतबार) प्रतिनिधि सभामा विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले निजी विद्यालय सञ्चालनका लागि स्थानीय तहले स्वीकृति दिनुपर्ने, गुठीमा मात्रै सञ्चालन हुन पाउने लगायतका व्यवस्था समावेश गरिएको बताएका हुन् ।

‘अब आइन्दा दर्ता हुने निजी विद्यालयहरुलाई स्थानीय तहले स्वीकृति दिनुपर्ने र उनीहरु गुठीमा मात्रै दर्ता हुनसक्ने गैर नाफामूलक संस्थाको रुपमा मात्रै त्यसलाई नियमण गर्ने व्यवस्था गरिएको छ । यसलाई पूर्णतः निधेष गर्ने कुरा संविधान सम्मत नहुने कुरा म निवेदन गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्