Logo

इजरायलमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न रायमाझीले गराए सरकारको ध्यानाकार्षण



काठमाडौं, २१ असोज । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले युद्धरत मुलुक इजरायलमा रहेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेका छन् ।

विद्रोही समुह महासको आक्रमणले नेपालीहरुमाथि पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले कूटनीतिक नियोगहरूको क्रियाशीलता र संयुक्त राष्ट्रसङ्घको समेत सहयोगबाट सरकारले अतिशीघ्र व्यवहारिक ढंगबाट उद्धार र व्यवस्थापनको काम गर्नुपर्ने बताए ।

‘युद्धरत मुलुक इजरायलमा हमासद्वारा गरिएको आक्रमणमा केही नेपालीहरु माथिक्षतिपुगेको खबरले दुःखी छु। त्यहाँ कार्यरत नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा गएकोमा महिलाहरु र विद्यार्थीहरुको संख्यापनि धेरै छ। तिनको तत्काल उद्धार तथा राहत कार्यमा कूटनीतिक नियोगहरूको क्रियाशीलता र संयुक्त राष्ट्रसङ्घको समेत सहयोगबाट सरकारले अतिशीघ्र व्यवहारिक पक्षमा कार्यसम्पन्न गर्न आवश्यक छ,’– उनले भने ।

यस्तो जटिल परिस्थितिमा संसारको जुनसुकै ठाउँमा रहेका नेपालीले पनि उक्त क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार, सुरक्षा र व्यवस्थापनमा सकेको सहयोग गर्न आवश्यक रहेको उनले बताए । उक्त क्षेत्रमा रहेका नागरिकको उद्धार र व्यवस्थापनमा सरकारलाई गम्भीर बनाउनका लागि दवाब दिन पनि उनले सबै नेपाली नागरिक समक्ष अपिल गरेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्