Logo

इजरायलमा रहेका नेपालीप्रति सरकारले चासो नदिएको महासचिव पोखरेलको आरोप



काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ ।

आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा घाइते भएका नेपालीको उद्धार तथा त्यहाँ रहेका आफ्ना नागरिकको सुरक्षा सुनिश्चत गर्न आग्रह गरेका हुन् ।

उनले घाइते नेपालीप्रति सरकारले चासो नदिएको आरोप लगाए । घाइते भएका आफ्ना नागरिकको अवस्थाबारे सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

महासचिव पाखरेलले अब एमालेले एकल बहुमतको सरकार गठन गर्नेगरी अगाडि बढ्नुपर्छ भन्दै पार्टीले समृद्धिको आधार बनाई रहेकाबेला आफ्नै पार्टीको सरकारलाई ढाल्न लागेकाहरुबाट अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्