Logo

राहुल महरासहित ४ जनालाई प्रतिवादी कायम गरी सिआईबीले बुझायो भेप प्रकरणको अनुसन्धान प्रतिवेदन



काठमाडौं, २१ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

उक्त प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, लोकेन्द्र कुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङसहित ४ जनालाईलाई प्रतिवादी बनाउन राय दिइएको छ ।

उक्त प्रकरणमा आठ करोड ५७ लाख विगो कायम गर्न सिआईवीले राय दिएको छ ।



प्रतिक्रिया दिनुहोस्