Logo

रिगलको आममाफीविरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ



काठमाडौं, २२ असोज । रिगल भनिने योगराज ढकालको आममाफी विरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

आममाफीको विरुद्धमा आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रर्दन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित पक्राउ परेका हुन् ।

रिगलको आममाफीविरुद्ध उनीहरु असोज २१ गतेदेखि प्रदर्शनमा छन् । उनीहरुले विभिन्न १० बुँदे माग राखेका छन् । आजको प्रदर्शनमा १३ जनाभन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनीहरुले ‘अपराधीकरणलाई बढवा दिने काम बन्द गर, राष्ट्रपति महोदय, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ? हत्या हिंसा महिमा मण्डण गर्न पाईँदैन’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Photo By: Mukunda Kalikote/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्