Logo

होनहार युवाहरूको निधनले अत्यन्तै मर्माहत बनाएको छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा दिवङ्गत भएका नेपालीप्रति सम्मान गर्न यही असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्रीले इजरायल सरकारसँग समन्वय गरी निधन भएका नेपाली नागरिकको शव नेपाल ल्याउने पहल थालिसकेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुःखद घडीमा धैर्यपूर्वक अघि बढ्न सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्