Logo

सूचना तथा प्रविधिको क्षेत्रमा सहयोग गर्न चाहने पार्टी सदस्यबाट जसपाले माग्यो दरखास्त



काठमाडौं, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने पार्टी सदस्यबाट दरखास्त आह्वान गरेको छ ।

उक्त क्षेत्रमा दक्षता भएकाहरुको व्यापक नेटवर्क स्थापित गरी परिचालन गर्ने उद्देश्यले अनलाइन फाराममार्फत विवरण माग गरिएको हो ।

विवरण पठाउने सदस्यको हकमा पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने छ । अनलाइन फाराम पार्टीको वेबसाइटमा उपलब्ध रहेको छ । विवरण पठाउनको लागि १५ दिनको समय सीमा तोकिएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्