Logo

सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड पुत्रीको संलग्नता रहेको सुनिल शर्माको आरोप



काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारको संलग्नता रहेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्डको छोरीको संलग्नता रहेको प्रमाण सिआईबीसँग रहेको बताएका हुन् ।

अहिले प्रचण्ड नेतृत्वको सरकार रहेका कारण सिआईबीले रिपोर्ट बाहिर नल्याएको उनले बताए । गत साउन ३ गते प्रधानमन्त्रीको चाहनामा नभएर इन्टरनेशनले खुफिया एजेन्सीको दवाबमा सुन नियन्त्रणमा लिइएको उनको भनाई छ ।

‘सुन तस्करी काण्ड कहाँ पुग्यो त ? उहाँकी छोरीको इन्भल्बमेन्ट (संलग्नता) छ भनेर त आइसक्यो । घटना र विचारजस्तो प्रतिष्ठित पत्रिकाले लेखिसक्यो । सिआईबीसँग रिपोर्ट छ नि उहाँहरुको सत्ता छ र पो गाह्रो छ त । प्रधानमन्त्री प्रचण्डले त्यो सुन पक्राएकै होईन ।’ उनले भने, ‘त्यो इन्टरनेशनले खुफिया एजेन्सीले हामी कमाण्डो पठाएर पक्रिउँ कि तिमी पक्रिन्छौ भनेर थ्रेट गरेपछि त्यो सुन पक्राउ परेको हो । सुन तस्करी गर्नेमाछे यदि प्रधानमन्त्रीको परिवार होईन भने हो को ? उत्तर दिनुपर्यो नि ।’

प्रधानमन्त्री प्रचण्ड नेपालको इतिहासको सबैभन्दा भ्रष्ट र अनैतिक पात्र भएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग १० करोड रुपैयाँ अन्डर टेबुल पैसा लिएको उनको आरोप छ । साथै, नेपाल टेलिकमको टेरामक्स, स्मार्ट टेलिकमको लाईसेन्स लगायमा प्रचण्डले अर्बौ रकम लिएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्