Logo

राहुल महराविरुद्ध मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय मागदाबी



काठमाडौं, २४ असोज । ईलेक्ट्रिक सिग्रेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङलाई पनि प्रतिवादी बनाइएको छ । प्रतिवादी दाओजिनलाई आपराधिक विश्वासघात, संगठित अपराध र भन्सार ऐन विपरीतको कसुरमा मुद्दा चलाइएको छ भने अन्य तीन जनालाई भने भन्सार ऐन विपरीतको कसुर र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी साढे ७ वर्षको कैद सजाय मागदाबी लिइएको बताइएको छ । मुद्दामा प्रतिवादी बनाइएका निमा भने फरार छन् । उक्त प्रकरणमा आठ करोडभन्दा बिगो माग दाबी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot