काठमाडौं, २४ असोज । संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ । आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।