Logo

जसपाको सङ्खुवासभा जिल्ला रुपान्तरण



काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्खुवासभा जिल्ला रुपान्तरण भएको छ । मङ्गलबार खाँदबारीमा आयोजित भेलाले कृष्णप्रसाद तामाङको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन गरिएको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले जानकारी दिएका छन् ।

उनका अनुसार समितिको उपाध्यक्षमा सीताराम तिम्सिना र किशोर राई सचिवमा भरत किराती, उपसचिव राष्ट्र राई र कोषाध्यक्षमा ठमनाथ राई चयन भएका छन् ।

जसपाले ३ महिने अभियानमा यस अघि गठन भएका जिल्ला समन्वय समितिलाई जिल्ला समितिमा रुपान्तरण गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्