Logo

नागार्जुनका जसपा केन्द्रीय नेताहरु छलफलमा



काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नागार्जुन नगरपालिकामा रहेका केन्द्रीय नेताहरु छलफल गर्न लागेका छन् ।

पार्टीको ३ महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानलाई प्रभावकारी बनाउनेबारे छलफल हुने पार्टीको केन्द्रीय सदस्य सोनाम लामाले जानकारी दिइन ।

आज ३ बजे स्वयम्भूमा हुने भेलामा नागार्जुन नगर समिति पुनर्गठन गर्नेबारे पनि छलफल हुने बताइएको छ । बागमती प्रदेश समितिले नागार्जुन नगर समिति पुनर्गठनको जिम्मेवारी सोनाम लामालाई तोकेको छ ।

छलफलमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, केन्द्रीय सदस्य प्रचण्ड पौडेल, ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्साल, केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद श्रेष्ठलगायतको उपस्थिति रहने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्