Logo

नवजात शिशु बेच्ने डाक्टर कर्णसहित तीन जना कारागार चलान



काठमाडौं, २४ असोज । नवजात शिशु विक्री गरेको कसुरमा पक्राउ गरेका डा. तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजलासले डा. कर्णसहित सूर्यनारयण राजवंशी र गोविन्द राईलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

राई नवजात शिशुका बाबु हुन् भने राजवंशीले शिशु खरिद गरेका थिए । डा. कर्णले पाँच लाख रुपैयाँमा शिशु बेचेको आरोप छ । उक्त प्रकरणमा जोडिएका अन्य तीन जना सहयोगी भने धरौटीमा रिहा भएका छन् ।

धरौटीमा रिहा हुनेमा सुक्री राजवंशी, नर्स निर्मला यादव र दिलमनी देवी राजवंशी छन् । उनीहरु क्रमशः दुई लाख, एक लाख र १० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

भोजपुर हतुवागढी–४ का गोविन्द राई र उनीकी प्रेमिकाको सम्बन्धबाट जन्मिएको शिशु विक्री भएको तथ्य बाहिरिएको थियो । विराटनगरको ग्रीनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई डा. कर्णले बिक्री गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्