Logo

पार्टीका अन्य नेताभन्दा देउवामा विपीको गुण धेरै छः कांग्रेस नेता गिरी (भिडिओसहित)



काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका नेता दीपेन्द्र गिरीले पार्टीभित्रका अन्य नेता भन्दा शेरबहादुर देउवामा विपी कोईरालाको गुण धेरै भएको बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पछिल्लो पुस्ताले महामन्त्री विश्वप्रकाश शर्मालाई सानो विपीको उपमा दिएपनि उनीसँग १० प्रतिशत पनि विपीको गुण नरहेको बताएका हुन् ।

अर्का महामन्त्री गगन थापाको स्वभव पहिला एकदमै इमानदार, जे बोलेको त्यो पूरा गर्ने कसैलाई दुःख नदिने भएपनि अहिले उनको ओरीपरी राजनीतिक शक्ति, फाइदा, धनको बाहेक काम नगर्ने गरेको उनले बताए । गगन पहिलेको उल्टो रहेको उनले बताए ।

‘विपीको १० प्रतिशत गुण पनि विश्वप्रकाशमा छैन । विपी कोईरालाको गुण शेरबहादुर देउवामा धेरै छ । अरु नेतामा ठीकै हो । प्रकाशमान, विमलेन्द्र राजकुमार नेता हुन्,’– उनले भने ।

प्रकाशमान र विमलेन्द्रले तत्कालीन कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि अपराध गरेको उनको आरोप छ । गिरी २०५४ सालमा माओवादी द्वन्द्वका कारण घाईते जीवन विताइरहेका छन् । उनी स्वर्गीय प्रदीप गिरीको भान्जा पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्