Logo

वायुसेवा निगमले यो वर्ष दशवटा जहाज खरिद गर्छः मन्त्री किराती



काठमाडौं, २८ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षभित्र नेपाल वायुसेवा निगमले १० वटा जाहज खरिद गर्ने बताएका छन् ।

आज (आईतबार) नेपाली कांग्रेस निकट विद्यार्थी संघले मन्त्री किरातीलाईलाई चाडबाडको समयमा हवाई सेवामा हुने कालाबजारी नियन्त्रण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मन्त्री किरातीले यस वर्ष जहाँज थपेर टिकट नपाउने, कालाबजारी हुनेजस्ता समस्या समाधान गर्न लागिएको बताएका हुन् ।

‘महँगीलाई नियन्त्रण गर्नका निम्ति सरकारले सहुलियत दिनुपर्यो । हामीले तेलमा ५० प्रतिशत सहुलियत दिनका लागि हाम्रो हैसियत छैन फेरि । यसलाई अर्को तरिकाले गर्ने भनेको नेपाल बायु सेवा निगमको जहाज थपेर भाडा दरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नेनै हो । जहाज हामीसँग दुईटा छ । स्टल रुटमा उडने जहाज दुईटा छ । उड्नुपर्ने बाँकी २२ वटा एयरपोर्ट छन् । त्यसकारणले हामी सबै शक्ति लगाएर जहाज खरिद गर्ने प्रक्रियामा छौं । कुनै न कुनै माध्यमबाट यो वर्षमा हामी नौ दशवटा जहाज थप्ने थप्ने,’– उनले भने ।

पछिल्लो समय मन्त्रीहरुले काम गर्ने सस्कृति हराउँदै गएको उनले बताए । हस्ताक्षर गरेपछि जेल परिन्छ भन्ने डरले काम गर्न सस्कृतिमा बाधा ल्याएको उनको भनाई छ ।

कानुन अनुसार कडाइका साथ जहाज खरिद प्रक्रिया अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । साथै, प्रक्रिया दशैंअघिनै सुरु हुने उनको भनाई छ ।

ज्ञापन पत्र बुझाउन नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहितको टिम मन्त्रीनिवास पुलचोक पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्