Logo

गठबन्धनले राम्रो गरेको देख्न नसकेर एमालेले विभाजन ल्याउन खोज्योः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारले राम्रो गरेको देख्न नसकेर एमालेले विभाजन ल्याउन खोजेको टिप्पणी गरेका छन् । आज (आईतबार) चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उनले उक्त षड्यन्त्रलाई निस्तेज पारिएको बताए । गठबन्धन सरकारले अहिलेकै स्प्रिटमा पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्ने उनको दाबी छ ।

‘अहिले भर्खरै कोशी प्रदशेमा जे राजनीतिक परिदृश्य तपाईँहरुले देख्नुभयो होला, यही गठबन्धनले राम्रो गरेको देख्न नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि, यहाँभित्र कुनै तरिकाले विभाजन ल्याउन सकिन्छ कि भन्ने योजनाअन्तर्गत ती कामहरु थिए ।’ उनले भने, ‘तर, हिजो तपाईँहरुले योपनि थाहा पाईसक्नुभयो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको हैसियतले म आफैं र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको बीचमा एउटा सहमति गरेपछि त्यो षड्यन्त्रलाई निस्तेज पारिएको छ । र अब यो गठबन्धन पूर्ण कार्यकाल यही स्प्रिटमा राष्ट्र र जनताको पक्षमा काम गर्ने विश्वास म तपाईँहरुलाई दिलाउन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्