Logo

विजयादशमीका दिन पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई टीका लगाइदिने



काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वराजा शाह र पूर्वरानी कोमल शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीकाको दिन अपराह्न ४ बजेदेखि टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका महाराजगञ्जस्थित निर्मल निसावमा टीका लगाइदिने बताइएको छ । अघिल्ला वर्षका दसैंहरुमा पनि ज्ञानेन्द्रले शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिँदै आएका थिए । उनको हातको टीका थाप्न जानेहरुको भीड लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्