काठमाडौं, २८ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिएका छन् । सत्ता गठबन्धनमा विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की मूल्य मान्यता र गठबन्धनको भावना अनुसार अगाडि बढेको भन्दै बस्नेतले कार्यकाल सफलताका शुभकामना दिएका हुन् ।
‘कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर ३ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको छ । र आजै प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । मूल्य मान्यता र गठबन्धनको भावना अनुसार अगाडि बढेकोमा हार्दिक शुभकामना,’– बस्नेतले भनेका छन् ।