Logo

ओलीलाई माधव नेपालको चेतावनी ‘चुरीफुरी धेरै नगर्नुस्, तपाईँका खुट्टी हामीले देखिसकेका छौं’



काठमाडौं, २८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशको सत्ता समीकरणमा आएको परिवर्तनले संघीय सरकारलाई कुनै असर नपर्ने बताएका छन् ।

आज (आईतबार) सुर्खेतमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले एमालेको चुरीफुरीले केही नहुने बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै चुरीफुरी धेरै नगर्न समेत चेतावनी दिए ।

‘चुरीफुरी धेरै नगर्नु्, तपाईँका खुट्टी हामीले देखिसकेका छौं । तपाईँले के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न सबै हामीलाई थाहा छ । किन भने हामी जनतामाथि विश्वास गर्छौं । जनताको निम्तिनै राजनीति गरिरहेका छौं,’– अध्यक्ष नेपालले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्