Logo

प्रचण्डपछि शेखर कोईरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छः कांग्रेस नेता बजगाईँ



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि शेखर कोईरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । अहिले प्रधानमन्त्री प्रचण्डलाई विस्तापित गरेर नयाँ सरकार बनाउनुको औचित्य नरहेको उनको भनाई छ । प्रचण्डको कार्यकाल समाप्त भएपछि एमालेसहितको राष्ट्रिय सहमतिको सरकार बन्ने उनले बताए ।

‘प्रचण्डजीलाई विस्तापित गर्नपर्ने कुनै कारण छैन । कसैलाई ढाल्ने कुरै छैन । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व शेखरले गर्नुहुन्छ । राष्ट्रिय सहमितको सरकार जति चाँडै बन्यो त्यति बेटर हुन्छ । देशलाई निकास हुन्छ । दलको नेता परिवर्तन हुन पर्दैन, राष्ट्रिय सहमति र दलीय कुरा फरक छ,’–उनले भने ।



प्रतिक्रिया दिनुहोस्