Logo

बानेश्वरको निर्माणाधीन सडक परियोजनाप्रति रामकुमारी झाँक्रीको प्रश्नैप्रश्न



काठमाडौं, २९ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले बानेश्वरमा निर्माणाधीन सडक परियोजनले बाटो झनै साघुँरो बनाएको बताएकी छन् । नयाँ बानेश्वरको चोक सुधार परियोजना के का लागि ? भन्दै उनले सडक विभाग र भौतिक मन्त्रालयका सचिवलाई प्रश्न सोधेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्ः

मेरो प्रश्न सडक विभाग र भौतिक सचिवलाईः नयाँ बानेश्वरको चोक सुधार परियोजना के का लागि ?
१.बाटो फराकिलो भएको र औचित्यहिन खुला स्पेशलाई ब्यूटिफिकेशनको गर्न,
२. सवारी साधनको घनत्व कम हुदै गएकोले रोड डिभाईड गर्न,
३. पूँजीगत खर्च, अनेत्र खर्च गर्ने ठाउँ नभएकोले बजारमा पैसा फ्लो गर्न ?

कुन त बाटो सागुरो भएको छ, यो संरचनाले झनै सागुरो गराएर के गर्न खोजेको होला ? जवाफ सार्वजनिक रूपमा प्राप्त गर्न चाहान्छु ।



प्रतिक्रिया दिनुहोस्