Logo

केटीएम सिटीको दशैं विशेष अफर



काठमाडौं, २९ असोज । बडादशैंको अवसरमा केटीएम सिटीले बजारमा विशेष अफर ल्याएको छ । दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा बस तथा विमानको टिकट निशुल्क प्राप्त गर्न सक्नेछन् ।

नेपालीहरुको विशेष चार्ड बडादशैंको अवसरमा ग्राहकलाई रित्तो हात हुन नदिन पाँच सय रुपैयाँसम्मको खरिदमा पठाओको प्रमोशन कोड, एक हजारसम्मको किनमेल गर्नेका लागि बफ र टोपी तथा दुई हजारसम्मको किनेमेल गर्ने ग्राहकहरुले रुमाल प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी अब ग्राहकले यो दशैं र तिहारमा छ हजार मूल्यका सामान लिएर जुनसुकै सहर जान बसको टिकट प्राप्त गर्न सक्नेछन् । केटीएम सिटीको २० हजारसम्मको सामान किन्नेले झापा, बुटबल वा पोखराको उडान टिकट पनि पाउनेछन् ।

साथै केटीएम सिटीले ३० हजारभन्दा माथिका सामान खरिद गर्ने थोक ग्राहकले १५ प्रतिशत छुट पाउने छन् ।बडादशैं अफर नजिकैका पसल तथा अनलाइनबाट लिन सकिने कम्पनीले जनाएको छ ।

यो अफर सिमित अवधिका लागि लागू हुने बताइएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीले दशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई यो उपहार योजना बजारमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्