Logo

विद्युत प्राधिकरण र दार्चुला पावरबीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (PPA) सम्पन्न



काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरण र दार्चुला पावर प्रा.लि. बीच २८.३०४ मेगावाट मध्य चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद– विक्री सम्बन्धी सम्झौता (PPA) सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङ, उप कार्यकारी निर्देशक प्रदीपकुमार थिके र दार्चुला पावर सञ्चालक समितिका अध्यक्ष रामहरि बजगाईँ, सञ्चालकहरु कृष्ण रानाभाट, श्रीहरि आचार्य र प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

हाल निर्मानाधीन रहेको मध्य चमेलिया जलविद्युत आयोजना सम्झौता भएको तीन वर्षभित्रमा सञ्चालनमा आउने सञ्चालक श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्