Logo

भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ कात्तिक ४ गते फूलपातीको दिन सकिँदै



काठमाडौं, ८ असोज । राजधानीको भृकुटीमण्डपमा जारी ‘दसैं जुत्ता मेला’ अन्तिम चरणमा पुगेको छ । गत असोज २ गतेदेखि सुरु भएको उक्त जुत्ता मेलामा स्वदेशी उत्पादनका जुत्ता खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । बजारमा आर्थिक मन्दीको असर देखिइरहेको बेलामा पनि आफूहरुले सहुलियत मूल्यमा जुत्ता मेला सञ्चालन गरेकाले ग्राहकहरुको उपस्थिति र विक्री सन्तोषजनक रहेको आयोजक सविन कार्कीले बताए ।

‘दसैं जुत्ता मेला अन्तिम चरणमा पुगेको छ । कात्तिक ४ गते फूलपातीको दिन सकिँदैछ । व्यापार ठीकै छ, उत्साहजनकनै छ । आर्थिक मन्दीले जुत्ता मेलालाई खास्सै असर पारेको छैन । आर्थिक मन्दीको बेलामा पनि हामीले ग्राहकहरुलाई सहज हुने गरी मेला सञ्चालनमा ल्याएका छौं,’– उनले भने ।

नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलामा तीसभन्दा बढि उत्पादन कम्पनीहरुको सहभागिता छ । मेलामा शिखर सुज, शु–ल्याण्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी कलेक्सन, भेनस शुज र बोस सुज लगायतका ब्राण्डहरु सहभागी छन् ।

भृकुटीमण्पमा हरेक वर्ष दशैं, तिहारको अवसरमा जुत्ता मेला लाग्ने गरेको छ । मेलामा ५० प्रतिशतसम्म छुटमा जुत्ता विक्री भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्