Logo

गैरआवासीय नेपालीलाई नागरिकताको प्रबन्ध गर्न निक्कै ठूलो मेहनत गर्नुपर्योः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानमा व्यवस्था रहेको गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिका अधिकारसहितको नागरिकता प्रदान गर्न निकै मेहनत गर्न परेको बताएका छन् ।

आज (मंगलबार) बालुवाटारमा गैरआवासीय नेपालीलाई नेपाली नागरिकताको वितरण कार्यक्रमको शुभारम्भ गर्दै उनले गैरआवासीय नागरिकता संविधानमा व्यवस्था भएपनि कानुनी व्यवस्था गर्न निकै मेहनत गर्न परेको उनले बताए ।

‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न हामीले निक्कै ठूलो मेहनत गर्न परेको थियो । यसकै बलमा तपाईँहरुले आज संवैधानिक अधिकार प्राप्त गर्नु भएको हो । संविधानमा व्यवस्था भएपछि पनि कानुनी व्यवस्था गर्न हामीले निकै ठूलो मेहनत गर्नुपर्यो,’– उनले भने ।

एनआरएनएलाई एकतावद्ध बनाउन आफूले पदमा रहँदा र पार्टी अध्यक्षको हैसियतमा रहँदा पनि भूमिका खेलेकोउनले बताए । ५०औं लाख नेपालीहरुले गैरआवासीय नागरिकता प्राप्त गर्ने प्रवन्ध गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्