Logo

ओलीलाई रविको चेतावनी, ‘जनताको चेतनालाई चुनौति नदिनुस्’



काठमाडौं, ३० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको चेतनालाई चुनौति नदिन ओलीलाई आग्रह गरे ।

‘अहिले कस्ता पनि टिप्पणी सुनिन्छन्, जनता कस्ता ? यो नयाँ दलको नीति, विचार केही पनि छैन । सिद्धान्त केही पनि छैन, भर्खरै आएको छ । तिनलाई भोट हाल्ने जनता पनि कस्ता भन्ने गरेर जनताको चेतनालाई चुनौती दिएको मैले सुन्ने गरेको छु,’– उनले भने ।

आफूहरुलाई माया गरेर मतदान गर्ने जनताको कुनै गल्ती नरहेको उनले बताए । भ्रष्टाचारको आरोपमा जेल जाँदा, राष्ट्रको ढुकुटी निम्त्याँउदा पनि तिनै नेतालाई भोट दिने मतदाता चाहिँ कस्ता भनेर उनले प्रश्न गरे ।

एमाले अध्यक्ष ओलीको हिजो (सोमबार) केज्द्रीय कार्यालय च्यासलमा रास्वपालाई लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दल कस्ता भन्दै प्रश्न गरेका थिए । ओलीको अभिव्यक्तिको खण्डण गर्दै उनले जनताको चेतनालाई चुनौति नदिन चेतावनी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्