Logo

सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित



काठमाडौं, ३० असोज । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज (मंगलबार) काठमाडौंमा भएको भेलाले उनलाई न्यायाधीश समाजको अध्यक्षमा निर्वाचित गरेको हो ।

न्यायाधीश समाजको अध्यक्षमा वरिष्ठतम न्यायाधीश अध्यक्ष रहने गरेपनि यस पटक छैठौं वरियतामा रहेकी प्रधानलाई भेलाले निर्वाचित गरेको छ ।

अहिलेका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा हुन् । उनी यसअघि पनि न्यायाधीश समाजको अध्यक्ष थिए ।



प्रतिक्रिया दिनुहोस्