काठमाडौं, ३० असोज । विद्रोही समूह हमासको आक्रमणमा परी बेपत्ता रहेका विपिन जोशीको अवस्था अझै अज्ञात छ । विपिनको खोजीका लागि उनको परिवारले उनको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएका छन् ।
हिजो (सोमबार) गौरीगंगा नगरको नवनिर्मित भवन उद्घाटन गर्न चौमाला पुगेका प्रचण्डलाई विपिनका परिवारले ज्ञापनपत्र बुझाएका हुन् ।
विपिन परिवारका एक्ला छोरा हुन् । सुदूरपरिमाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त टीकापुर बहुमुखी क्याम्पसमा कृषि संकायमा अध्ययन गरी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत विपिन गत भदौ २६ गते इजरायल गएका थिए । गत असोज २० गते इजरालयमा हमासको आक्रमणमा परी हालसम्म वेपत्ता रहेका उनलाई सोही विद्रोही समूहले अपहरण गरेको बुझिएको परिवारको भनाई छ ।
‘विपिनकै साथीहरुका अनुसार हमास समूहले ३/४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकाले उनको रिहाइका लागि यथाशीघ्र पहल गरिदिनहुन अनुरोध गर्दछौं,’- प्रधानमन्त्रीलाई विपिनको परिवारले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
जुनसुकै मूल्य चुकाएर भएपनि विपिनलाई सम्पर्कमा ल्याउन पहल गरिदिन बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन् ।